धनकुटाको पाख्रीवास ५ दियालेमा करेन्ट लागेर १७ बर्षिया थापाको मृ’त्यु
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ५ दियालेमा आज एक व्यक्तिको करेन्ट लागेर मृ त्यु भएको छ । मृ त्यु हुनेमा हरिन्द्र थापाका १७ वर्षका छोरा अनिल थापा रहेको प्रहरीले जनाएको छ ।
सोही स्थानका कमला तामाङगको बारीमा रहेको टाँकिको रुखमा घाँस काट्ने क्रममा धनकुटा,भोजपुर जाने ३३ के वि प्रशारण विद्युतको लाइनमा रुख टासिएको कारण उनलाई करेन्ट लागेर घट्ना स्थलमै मृ तेयु भएको जिल्ला प्रहरी कार्यलय धनकुटा सञ्चार शाखाले जनाएको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यलय पाख्रिबासबाट प्रहरी नायव निरिक्षकको टोली खटी घटना स्थल सूरक्षित राखिएको र कानुनि प्रक्रियाका लागि जिलाल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी टोलि खटिएको जनाइएको छ ।
घटना स्थल इलाका प्रहरी कार्यलय पाख्रिबासबाट १२ किलो मिटर पूर्व दक्षिण पर्दछ ।


