विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न हस्ताक्षर

विराटनगर, असोज १९ गते । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न आज यहाँ त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यावसायीहरुले माग राख्दै आएका छन् ।

हाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएमा यहाँबाट बङ्गलादेश, भारतका विभिन्न राज्य, भूटान र सिक्किमसँग सिधै हवाई यात्रा गर्न सकिने छ । विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति गर्नका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझादारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, नेपाल सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षरपछि विमानस्थलको मौजुदा धावन मार्गलाई तीन हजार मिटरको बनाउने, धावन मार्गका लागि चाहिले जग्गा अधिग्रहण गर्ने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने जस्ता कार्य रहेको छ भने यसमा नेपाल सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने प्रावधान राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो कार्यक्रमको उद्घाटन गर्दै हाम्रो सङ्घीयता मित्रत्व प्राणालीमा आधारित रहेको बताउनुभएको छ । उहाँले मुलुकको तीव्र गतिमा विकास गर्न तीनै तहका सरकार सार्वभौम छन् भन्दै विराटनगर विमानस्थलको स्तरोन्नतिले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले विराटनगर विमानस्थल आन्तरिक र बाह्य दुवै विमानको ‘हब’ बन्न सक्ने बताउँदै धार्मिक, पर्यटकीय, भौगोलिक तथा शक्तिपीठले मात्र नभई यो प्रदेश संस्कृति, सभ्यता र प्रकृतिले भरिपूर्ण छ भन्नुभयो ।

मन्त्री भट्टराईले काठमाडौँ बाहिर अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको गौतम बुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले प्रत्येक प्रदेशमा हिल स्टेसन बनाउने नीति लिएको चर्चा गर्दै कोभिड–१९ को महामारीको समयमा पनि सडक, ऊर्जा, विमानस्थलको काम नरोकिएको बताउनुभयो ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक र ऐतिहासिकताले भरिपूर्ण यो प्रदेशमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वच्छ, सुखी र समुन्नत प्रदेशको आकाङ्क्षा पूरा गर्न बल पुग्ने विश्वास व्यक्त गनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले यस प्रदेशमा १४ वटा विमानस्थल रहे पनि पाँचवटा मात्र सञ्चालनमा रहेको जानकारी दिँदै विराटनगर विमानस्थलको भौतिक पूर्वाधार एवं धावन मार्ग विस्तार गर्न केही समय पहिले साढे चार बिघा जमीन अधिग्रहण भइसकेको बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर विमानस्थलको स्तरोन्नतिपछि यस प्रदेशको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।