अ’वैध रुपमा लगाईएको गाँ’जा फडानी

आश्विन १९,धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध रुप लाईएको गाँ’जा फाँड्ने कार्यलाई प्रहरीले निरन्तरता दिएको छ । जसअनुसार आज धनकुटा नगरपालिका वडा नं ६ खाल्डे, बरबोटे लगायत बिभिन्न स्थान अवैध रुपमा लगाईएको गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी निरिक्षक रोहित कुमार शर्माको नेतृत्वमा १२ जना खटिएको ग्रामिण गस्ति टोलिले करिव १३ रोपनी जग्गा क्षेत्रफलमा लगार्इएको ४ हजार बोट गां’जा नष्ट गरेको प्रहरीको सञ्चार शाखाले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यलय छिन्ताङबाट प्रहरी सहायक निरिक्षक निधिनाथ तिम्सिनाको नेतृत्वमा खटिएको ६ जनाको ग्रामिण गस्ती टोलिले जिल्ला धनकुटा शहिदभुमि गाउपालिका ३ को माङ्ठाना,देवीथान र पूजारी टोल स्थितमा रहेको ऐलानि तथा केही नीजि जग्गामा झण्डै ४ रोपनीमा अबैध रुपमा लगाईएको ११ सय बोट गाँज नष्ट गरेको छ ।

यसअघि हिजो सोही टोलिले शहिदभूमि गाउँपालिका वडा नं ३ र ४ को डाँडा गाउँ,खैराङ,खोकु सिरान लगायतका स्थानमा झण्डै ११ रोपनी जग्गामा रहेको २ हजार ८ सय ५० बोट गाँजा फडानी गरेको थियो भने प्रहरी चौकी जितपुर धनकुटाबाट प्रहरी नायव निरिक्षक विरेन्द्र कार्कीको नेतृत्वमा ५ जनाको ग्रामिण गस्ति टोलिले गस्ति पट्रोलिङको क्रममा फेला परेको महालक्ष्मी नगरपालिका ९ मुर्तिढुङ्गाका विभिन्न व्यक्तिको पाखा वारीमा रहेका ४४ बोट गाँजा नष्ट गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।