चाड पर्व नजिकिएसँगै धनकुटाको उत्तरपानी बजार अनुगमन

आश्विन २०,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ र १० को उत्तरपानी बजारका पसलहरुको अनुगमन गरिएको छ ।

नजिकिदो चाड पर्वलाई लक्षित गर्दै पाख्रीवास नगरपालिकाको कार्यलय,उद्योग वाणिज्य संघ पाख्रीवास र सूरक्षाकर्मीको टोलिले सोमबार उत्तरपानी बजारको किराना तथा औषधि पसलहरुको अनुगमन गरेको नगरपालिकाका राजश्व शाखा प्रमुख खेम वस्तिले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रशासन शाखा प्रमुख सत्य नारायण राईको नेतृत्वमा गएको अनुगमन टोलिले त्यहाँका जम्मा २२ वटा पसलहरुको अनुगमन गरेकोमा एउटा मात्र दर्ता गरेको पाईएको उहाँले वताउनुभयो ।

साथै पसलहरुमा मूल्य सूचि समेत नराखेको, सूर्तिजन्य सामानहरु समेत खाद्यान्न पसलमा सँगै राखेको पाईएकोले पलहरु दर्ता गर्न,मूल्य सूचि राख्न,सुर्ती जन्य सामाग्री खाद्यान्न सामान सँग सँगै नराख्न व्यापारी व्यवसायीहरुलाई सुझाव दिईएको छ ।-सॉंकेतिक तस्बीर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।