शहिदभूमी गाँउपालिका ७ का एक व्यक्तिको भीरबाट लडेर मृ त्यु
आश्विन २२,धनकुटा ।धनकुटाको शहिदभूमी गाँउपालिका ७ का एक व्यक्तिको भीरबाट लडेर मृ त्यु भएको छ । केही दिन अघि सोही गााउँपालिका वडा नं ६ च्याप्ला टोल स्थित दिदीको घरमा गएका अन्दाजी वर्ष ४५ का रामकिसन राईको हिजो साँझ आफ्नो घर फर्किदै गरेको वेला पहिरो गएको ठाउँमा भीरबाट लडेर मृ त्यु भएको हो ।
शहिदभूमि गाउपालिकाको वडा नं ६ मा पर्ने हाङखा भीरबाट चित्लेर लडि मृ त्यु भएको अवस्थामा आज विहान उनको शव फेला परेको गाउपालिका अध्यक्ष मनोज राइले बताउनु भएको छ । उनको परिवारमा श्रीमती र एक छोरा छन् ।
हिजो साँझ घर जान्छु भनेर निस्केको राई घरमा नपुगे पछि स्थानियले खोजि गर्दा बाटोदेखी झण्डै ३ सय मिटर तल मृ त अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । अहिले ईलाका प्रहरी कार्यलय छिन्ताङ र राईको आफन्तलाई खबर गरिएकोले ईलाका प्रहरी कार्यलय छिन्ताङको टोलि र मृ तकका आफन्त आएपछि शव जिम्मा लगाईने गाँउपालिका अध्यक्ष राइले वताउनुभयो ।
अहिले प्रहरी चौकी आखिसल्लाको प्रहरी टोलि र स्थानिय घटना स्थलमा रहेको प्रहरी चौकी आखिसल्लाले जनाएको छ ।


