कोरोनाको कारण दशै नआउदै सामग्रीको जोहो

धनकुटा, २२ असोज । दशै आउन अझै केहि हप्ता बाँकी रहे पनि धनकुटाका ग्रामिण क्षेत्रका बासिन्दाहरु भने दशैको जोहो गर्न थालेका छन् ।

धनकुटामा साप्ताहिक रुपमा लाग्ने विहिबारे हटियामा भेटिएका छथरजोरपाटी गाउँपालिका ४ का चन्द्रबहादुर लिम्बु कोरोना कहर र सरकारले लकडाउन फेरी गर्ने भन्ने सुनेकै कारण आफूले दशै आउन केहि समय बाँकी नै रहेको अवस्थामा दशैका लागि चाहिने र ग्रामिण हाट बजारमा उपलब्ध नहुने सामग्री खरिदको लागि सदरमुकाम आएको बताए ।

त्यस्तै शहिदभूमी गाउँपालिकाका बुद्धिमान राईले समेत कोरोना बढ्ने डरले आफूले दशैको समयमा बिक्रि गर्ने भनेर तय गरेको सामग्री अलिक सस्तो गरेर बिक्रि गर्न सदरमुकाम आएको बताए । उनले भने यसपालि पहिलाको जस्तो दशै नहुने भयो कहिले लकडाउन हुन्छ के हुन्छ केहि था छैन् त्यसैले पहिले नै आफ्नो जोहो गर्नु पर्यो नि ।

पछिल्लो समय शून्य कोरोना संक्रमित भएको धनकुटामा फेरीकोरोना संक्रमित देखिन थाले संगै ग्रामिण क्षेत्रका बासिन्दा सदमुकाम आउन असहज भएको बताउँन थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।