धनकुटा नगरपालिकाले आज देखि कार्तिक ६ गते सम्म नगरपालिकाबाट उपलव्ध हुने अत्यावश्यक वाहेकका अन्य सवै सेवा वन्द गर्ने

धनकुटा खबर । धनकुटा नगरपालिकाले आज देखी कार्तिक ६ गते सम्म नगरपालिकाबाट उपलव्ध हुने अत्यावश्यक वाहेकका अन्य सवै सेवा वन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा वसेको कोरोना संकट व्यवस्थापन समितिको वैठकले त्यस्तो निर्णय गरेको हो ।

धनकुटा नगरपालिकामा कार्यरत १ महिला र १ पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले उनिहरुको सम्पर्कमा नगरका सम्पूर्ण परिवार पर्न गएकोले सेवाग्राहीहरुको स्वास्थ्य सूरक्षालाई समेत ध्यान दिदै उल्लेखित मिति सम्म अत्यावश्यक वाहेकका सेवा वन्द गर्ने निर्णय भएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा उल्लेख भएअनुसार कार्तिक ६ गते सम्म अत्यावश्यक वाहेकका सेवा वन्द गर्ने, सम्पूर्ण कर्मचारीहरु कार्यलय प्रमुखको सम्पर्कमा रहने,वोलाएको समयमा कार्यलयमा उपस्थित हुने, कार्यलयमा उपस्थित भई अनलाईनबाट गर्न सकिने सेवा तथा कार्यहरु कर्मचारी आफु वसेकै ठाउँबाट सेवाग्राहीलाई उपलब्ध गराईने छ ।

कोरोना संक्रमणबाट जोगिन सार्वजनिक भेला,वैठक,गोष्ठि, भोजभतेर,अनावश्यक भिडभाड, समूहमा भेला भई चाड पर्व मनाउने जस्ता कार्य नगर्न सूचना मार्फत सचेत गराईएको छ । साथै घरबाट वाहिर निस्कदा मास्क अनिवार्य लगाउन र सामाजिक दूरी कायम गर्न नगरवासीलाई अनुरोध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।