दुवै मृगौला फेल भएर थलिएकी धनकुटाकी गोमादेवि श्रेष्ठलाई धनकुटाका व्यवसायीहरुले गरे आर्थिक सहयोग

धनकुटा खबर । दुवै मृगौला फेल भएर थलिएकी धनकुटाकी गोमादेवि श्रेष्ठलाई धनकुटाका व्यवसायीहरुले आर्थिक सहयोग गरेका छन् ।

धनकुटा नगरपालिका ७ की ४२ वर्षकी श्रेष्ठको उपचारका लागि धनकुटा बजार क्षेत्रका केही व्यवसायीहरुले ७२ हजार रुपैयाँ रकम संकलन गरि सहयोग स्वरुप प्रदान गरेका हुन् ।

सामान्य परिवारकी श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले सम्म परिवारले उपचार गरिरहेको भएपनि हाल आर्थिक अभाव भएकाले सहयोग गरिएको हो । धनकुटा बजारका व्यवसायी जयन्द्र प्रधानको अगुवाईमा संकलित रकम आज प्रधानले नै हस्तान्तरण गर्नुभएको थियो । उहाँको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर श्रेष्ठ, व्यवसायी देवेन्द्र श्रेष्ठ लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।