धनकुटाको गोकुण्डेश्वर माविका कक्षा १ देखी १० सम्मका छात्राछात्रलाई छात्रावृत्ति वितरण
धनकुटा खबर । धनकुटाको गोकुण्डेश्वर माविका कक्षा १ देखी १० सम्मका छात्राछात्रलाई आज छात्रावृत्ति वितरण गरिएको छ ।

सो विद्यालयमा अध्ययनरत दलित, अपाङ्गता सहित अन्य १ सय ४६ जना छात्राछात्रलाई छात्रावृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । ती विद्यार्थीहरुलाई गोकुण्डेश्वर मावि एल्मुनाई एशोसिएन धनकुटाका अध्यक्ष प्रध्यापक डा.गोपाल वहादुर भट्टराई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष एवम् एशोसिएसनका सदस्य विजय सन्तोषी राई,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी,विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् एशोसिसनका सदस्य पुरेन्द्रलाल श्रेष्ठ,विद्यालायका प्रधानाध्यापक यज्ञप्रकाश चापागाई लगायतले छात्र वृत्ती वितरण गरेका थिए ।
गोकुण्डेश्वर मावि धनकुटा एल्मुनाई एशोसिएसनका अध्यक्ष प्रध्यापक भट्टराईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चापागाईले कोरोना भाईरसले विद्यालयको शैक्षिक गतिविधिमा परेको प्रभावको वारेमा जानकारी गराउनुभउको थियो भने एशोसिएसनका स्रोत व्यक्ति रिना लुईटेलले एल्मुनाई एशोसिएसनको गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालयको शैक्षिक गतिविधि र एल्मुनाई एशोसिएसन कामको वारेमा समेत समिक्षा गरिएको कार्यक्रमकै अवसरमा सहभागीहरु वीच एकापसमा नजिकिदो चाड पर्वको शूभकामना आदानप्रदान समेत गरिएको विद्यालयका प्रधानाध्यापक चापागाईले वताउनु भयो ।


