धनकुटा उद्योग बाणिज्य संघद्वारा आन्तरिक बजार अनुगमन गर्दै व्यावसाय सञ्चालन सहजीकरण तथा कर शिक्षा कार्यक्रम सञ्चालन

धनकुटा खबर । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आज धनकुटा उद्योग बाणिज्य संघले आन्तरिक बजार अनुगमन गर्दै व्यावसाय सञ्चालन सहजीकरण तथा कर शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

चाड पर्वको अवसरमा व्यापारी तथा उपभोक्ता वीचमा सहजीकरण गर्ने उदेश्यले आन्तरिक अनुगमन गर्नु गर्दैव्यावसाय सञ्चालनमा सहजीकरण तथा कर शिक्षा घर दैलो कार्यक्रम सञ्चालन गरेको संघले जनाएको छ ।

अनुगमनको क्रममन व्यावसायीहरुलाई पसलमा उपभोक्ताले देख्ने ठाउँमा मूल्य सूची राख्न, कर पाटी राख्न,खरिद तथा विक्रि विल जारी गर्न, म्याद सकिएका,मिसावट तथा अखाद्य समाग्री विक्रि वितरण नर्गन सचेत गराएको छ । साथै त्यस्ता अखाद्य सामाग्रीहरु भए छुट्टै ठाउमा राख्न र शिल गरी फिर्ता पठाउन,व्यापार व्यावसाय नविकरण तथा दर्ता समयर्म गर्न समेत संघले अनुरोध गरेको छ ।

संघले कोरोना भाईरसबाट बच्न अनिवार्य रुपमा सामाजिक दूरी कार्यम गरी माक्स अनिवार्य लगाउन,सेनिटाईजरले हात धुने र धुन लगाउन व्यापारी,व्यावसायीलाई आग्रह गरेको छ । अनुगमनको क्रममा संघका अध्यक्ष विजय सन्तोषी राई,कार्यकारी सदस्यहरु डिजेश शाक्य,राम घिसिङ, नरेन्द्र काफ्ले, संघका सदस्य तथा डिलर एशोसिएसन धनकुटा हिलेका कार्यकारी सदस्य विपिन थापा,कृष्णराज जोशी, संघका कर्मचारी मुकेश राई लगायतले व्यावसाय सञ्चालन र करका विषयमा सहजीकरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।