धनकुटा नपा वडा नं १ को दुई टोलमा नेपाल तरुणदल गठन
धनकुटा खबर ।नेपाली काग्रेस धनकुटाले आज धनकुटा नगरपालिका वडा नं १ को दुई टोलमा नेपाल तरुणदल गठन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाद्धारा आयोजित कार्यक्रममा सुरेश तामाङ्गको अध्यक्षतमा ३३ सदस्यीय नेपाल तरुण दल निगाले टोल समिति र खगेन्द्र थापाको अध्यक्षमा ३७ सदस्यीय नेपाल तरुण दल छरछरे टोल समिति गठन गरेको हो ।
नेपाल तरुण दल धनकुटा नगरका यूवा नेता धन वहादुर तामाङ्गको अध्यक्षतामा सञ्चालित भेलामा वोल्दै नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल तरुण दल धनकुटा नगरका पूर्व अध्यक्ष विजय सन्तोषी राईले तरुण यूवाहरु परिर्वतनको सम्वाहक भएको वताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सदस्य राम घिसिङ्,पूर्व कोषाध्यक्ष मनोज राई, नेपाली कांग्रेस वडा नं १ का वडा सचिव मेखराज शाही,पूर्व वडा पार्टी सभापति प्रेम कार्की ,तरुण नेताहरु अर्जुन तामाङ,अच्युत घिमिरे,नेपाल तरुण दल कुवापानी टोल समितिका अध्यक्ष बिनोद घिमिरे, पात्ले टोल समितिका अध्यक्ष श्यामराज तामाङ्ग लगायतले वडा नं १ हिलेका तरुणहरु परिर्वतनको पक्षमा रहेकाले अव परिर्वतन गरेरै छाड्ने वताएका थिए ।


