प्रशासकिय अधिकृत लाई निलम्बन र महालक्ष्मी नगरपालिकाकाम भएका कामको छानविन गर्न नेविसंघ धनकुटाले गर्यो माग

धनकुटा खबर । नेपाल विद्यार्थी संघ धनकुटाले जिल्ला प्रशासन कार्यलय धनकुटामा ज्ञापन पत्र बुझाउँदै जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकिय अधिकृत जयराम श्रेष्ठ लाई अख्तियार दुरुपयोग अनुसन्धानले नागरिकता र्कितेको बिषयमा छानविन गरि रहेको तर राजनैतिक आडमा अझै कार्यलयमा काम गरि रहेका भन्दै तत्काल निलम्वन गर्न माग गरेको छ ।

साथै नेविसंघले धनकुटाको महालक्ष्मी नगरपालिकामा भएका विभिन्न कामको समेत छानबिनको माग गरेको छ उसले लेगुवा बस पार्कमा भएको भ्रष्टाचार, कृषक लाई कामको आधारमा भन्दा पनि पाटी कार्यकर्ताको आधारमा अनुदान दिएको, दाताको सहयोगमा भएको शिविरमा कमिशन खाएको , शिक्षक सरुवा गर्दा आर्थिक चलखेल गरेर मात्र काम गरेको, कोभिड को महामारीकोे बेला विद्यालय लाई कमशल सामग्री खरिद गरि कमिशन खाएको , रासायनकि मल खरिदमा कार्यकर्ता संरक्षण गरि रहदाँ जिल्ला प्रशासनकार्यलय मौन रहेको भन्दै ती सबै कार्यको छानविन गरि कारबाहि गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको नेपाल विद्यार्थी संघ धनकुटाका सभापती बालानन्द दाहालले जानकारी दिनु भयो ।

साथै नेविसंघले उठाएका मुद्धाको छानविन गरी कारबाहि नभए त्यसको जिम्मा समेत प्रशासनले दिनुपर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।