जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गर्यो यस्तो सुचना
धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले यस वर्ष चाड पर्वको समयमा शक्तिपीठ मन्दिर,मस्जिद, चर्च, गुम्वाहरुमा सामूहिक रुपमा भेला भई पूजा पाठ,प्रार्थना,भजन र्कितन तथा कलश यात्रा जस्ता कार्यहरु नर्गन आग्रह गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।
जिल्लाका सवै पालिकाहरुमा रहेका शक्तिपीठहरुमा दैनिक रुपमा गरिने नित्य पूजा पाठ र प्रार्थना वाहेकका सामूहिक कार्य रुपमा गर्ने कार्यहरु नगर्न सूचनामा उल्लेख छ । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट सर्तक रहन यसअघि चाड पर्वको वेला गरिदै आएका समूहमा भेला भई शूभकामना आदान प्रदान गर्ने,प्रशिक्षण, सभा सम्मेलन जस्ता कार्यहरु समेत नगर्न प्रशासनले सूचना मार्फत आग्रह गरेको छ ।
साथै आज राती १२ वजे देखि कार्तिक १५ गते राती १२ वजे सम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६,३ र संक्रामक रोग ऐन २०२० अनुसार यस्तो शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला भरी नै वेलुकी ८ वजे देखी विहान ५ वजे सम्म राजमार्गमा चल्ने लामो दूरी र अत्यावश्यक सेवा वाहेक आवत जावत समेत नगर्न भनिएको छ ।


