धनकुटा उद्योग बाणिज्य संघद्वारा व्यवसायीहरुको घर घर मै पुगेर विभिन्न चाड पर्वको अवसरमा शूभकामना आदन प्रदान

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले यो बर्ष व्यवसायीहरुको घर घर मै पुगेर विभिन्न चाड पर्वको अवसरमा शूभकामना आदन प्रदान गरेको छ ।

कोरोना भाईरस दिनप्रतिदिन फैलदै गएको अवस्थाका कारण यसअघि गरिदै आए जस्तो विशेष समारोहका वीच नगरी व्यपारी,व्यवासयी र उद्योगिहरुको घर घरमा गएर शूभकामना आदन प्रदान गरिएको संघले जनाएको छ ।

अघिल्ला वर्षहरुमा दशै,तिहार,नेपाल सम्वत,छड लगायत चाडपर्वको अवसरमा संघले भव्य रुपमा विशेष समारोहका आयोजना गरी शूभकामनाका आदन प्रदान गर्ने गर्ने गरेकोमा कोरोना भाईरसका कारण यो बर्ष भव्य रुपमा कार्यक्रम गर्न नसकिएकोले पसल पसलमै गएर शूभकामना आदन प्रदान गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

संघका कार्यलय सचिव सचिन प्रधानका अनुसार धनकुटा र हिले बजार क्षेत्रका व्यापारी, व्यावसायीहरुको पसल पसल मै पुगेर संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतका पदाधिकारी तथा सदस्यहरु र कार्यालयका कर्मचारीहरुले शूभकामना पत्र प्रदान गर्दै एक आपसमा शूभकामना आदन प्रदान गरेको गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖