दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघको सुझाव
धनकुटा खबर । नेपालिहरुले विषेश रुपमा मनाउदै आएको दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले सुझाव दिएको छ ।

दशै तिहारमा टिका लगाउन जाँदा, आउदा कोरोना भाईरसको सम्भवित संक्रमणबाट सर्तकता अपनाउन उपयोग गरिने माक्स, फेस सिल, स्यानिटाईजर,पञ्जा लगायतका समाग्री उपहार तथा कोसेलीको रुपमा ल्याउन, लानका लागि संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले अपिल गरेका हुन् ।
दशैमा आफन्तकोमा टिका लगाउन जाँदा वा भेटघाट गर्न जादा रोटी,मासु लगायत अन्य सामाग्री कोसेलीको रुपमा लगेर जाने प्रचलन रहेकोमा यस पटक कोरोना भाईरसको संक्रमणबाट सर्तकता अपनाउन उपयोग गरिने माक्स,फेस सिल,पञ्जा लगायतका स्वास्थ्य समाग्री र फलफुल लिएर जान संघले सुझाव दिएको हो ।


