गायिका सुमिना बराइलीको नयाँ गीत “बदनामको दाग लगाइ” सार्वजनिक (भिडियाे सहित)
धनकुटा । गायिका सुमिना बराइलीको गीतहरु एकपछि अर्को सार्वजनिक हुने क्रम जारी छ । यसै प्रसंगमा उनको अर्को नयाँ गीत ‘बदनामको दाग लगाइ´ सार्वजनिक भएको छ ।
बुद्धिमान बराइलीको शब्द संगीत कुन्दन राईको संगीत संयोजन रहेकाे उक्त गीत गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो मार्फत सर्बजनिक गरिएको हाे ।
म्युजिक भिडियोमा भर्खरै मोडल क्षेत्रमा मा उदाएका मोडल विशाल गदाल, काव्य, रोसिस रेजिना र सन्तोश को दमदर अभिनय रहेको देख्न सकिन्छ । भिडियोलाई भुपाल बन्तावा राईले निर्देशन गरेका छन ।


