भक्तजनहरुको सामान्य उपस्थितीमा निशान भगवती मौलो यात्रा सम्पन्न
धनकुटा खबर । धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाको तेलिया र तांखुवाको सिमानामा रहेको पिङ्ग डाँडामा प्रत्येक बर्ष दशैंको महानवमीको दिन लाग्ने मौलो मेला यस बर्ष कोरोना भाइसर कोभिड-१९ को कारण सामान्य रुपमा मौलो पुजा गर्ने कार्य सम्पन्न भएको छ ।

अघिल्ला बर्षहरुमा दर्शनार्थीहरुको बाक्लो उपस्थितीमा विभिन्न संस्कृति कार्यक्रम, खेलकुद प्रतियोगिता गरेर गरिने मौलो मेला यो बर्ष भक्तजनहरुको सामान्य उपस्थितीमा निशान भगवती मौलो यात्रा सम्पन्न भएको हो ।


