धनकुटा जिल्लामा समुदाय स्तरमा कोरोना तिव्र रुपमा फैलिंदै गएपछि धनकुटा उद्योग वाणिज्य संघले गर्यो यस्तो अपिल
कार्तिक १५,धनकुटा । मौसम परिवर्तन सँगै कोरोना भाईरस (कोभिड-१९) को संक्रमण धनकुटा जिल्लाको समुदाय स्तरमा तिव्र रुपमा फैलदै गएपछि धनकुटा उद्योग वाणिज्य संघले उद्योगी,व्यापारी,व्यावसायी तथा आम जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
संघले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सूरक्षाका सवै विधि अपनाएर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई सचेत गराएको छ ।
जाडो यामको शुरुवात सँगै जिल्लाको समुदाय स्तरमा कोरोना संक्रमण वढ्दै गएपछि संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले विज्ञप्ती जारी गर्दै यहाका व्यापारी, व्यवसायी सहित आम जिल्लावासीलाई संवेदनशिल भै स्वास्थ्य सूरक्षाका सम्पूर्ण विधि अपनाएर कोरोना भाईरसको संक्रमणबाट आफु सूरक्षित रहदै अन्यत्र फैलन नदिन आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरेका हुन् । संघले उद्योगी व्यापारीले व्यावासय सञ्चालन गर्दा अनिवार्य रुपमा माक्स,पञ्जा लगाउने र सेनिटाजरले वारम्वार हात धुने, पसलमा आउने उपभोक्तालाई पनि माक्स अनिवार्य रुपमा लगाउन र स्यानिटाईजरले हात धुन लगाई अनिवार्य सामाजिक दूरी कायम गरेर मात्र सरसामा विक्रि वितरण भनेको छ ।
साथै यो भाईरसको फैलिदो संक्रमण नियन्त्रणका लागि जिल्लावासी अझ बढी संवेदनशिल हुन जरुरी रहेको भन्दै संघले अति आवाश्यक काम वोहक घर बाट वाहिर ननिस्किने र निस्कनु पर्ने काम भए पनि माक्स अनिवार्य लगाएर मात्र निस्कन जिल्लावासीलाई अपील गरेको छ ।



