फरार अभियुक्त झण्डै ३ वर्ष पछि पक्राउ
धनकुटा खबर । वहुविवाह मुद्धामा जिल्ला अदालत धनकुटाबाट १ बर्ष कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका अभियुक्तलाई झण्डै ३ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
बहुविबाह अभियोगमा जिल्ला अदालत धनकुटाको इजलासबाट २०७४ साल कार्तिक १५ गते १ बर्ष कैद र ५ हजार जरिवाना ठहर भई फरार भएका जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ का ३६ वर्षका महेन्द्र थापालाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिाुभयो ।
जरिवाना फैसला पछि फरार रहेका थापालाई आज विषेश सूचनाको आधारमा धनकुटा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनको आफ्नै गाउँबाट पक्राउ गरेको अधिकारीले वताउनु भयो । प्रहरीका अनुसार पक्राउ परेका थापालाई आजै जिल्ला अदालत धनकुटामा बुझाईएको छ ।


