पुराना सर्जक गंगा बरदानलाई आर्थिक सहयोग गर्दै सार्वजनिक गरियो ‘मन पराउँछु माया गर्छु’(भिडियो सहित)

धरान । गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ ।

गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए ।

भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, गायक गंगा बरदान, मिना श्रेष्ठ लगायतले भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका धरानमा रहेका कलाकार तथा पत्रकाकरको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यक्रममा निर्माता क्रान्ति सुब्बा मार्फत पुराना सर्जक गायक गंगा बरदानलाई १० हजार रूपैयाँ सहयोग गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।