धनकुटामा एम्नेष्टी इन्टरनेश्नल नेपालको नयाँ कार्यसमिती चयन
धनकुटा खबर । धनकुटामा एम्मेष्टी इन्टरनेश्नल नेपाल निशानदिप १ को नयाँ कार्यसमिती चयन भएको छ ।

धनकुटामा भएको १९ औं बार्षिक साधारणसभाले थिरेन्द्र बहादुर लिम्बुको संयोजकत्वमा नयाँ कार्यसमिती चयन गरेको हो ।
नयाँ कार्यसमितीको उपसंयोजकमा रोहिणी पाण्डे, सचिबमा चक्रपाणी सुवेदी, सहसचिवमा बिनोद सुवेदी, कोषाध्यक्षमा शोभा दाहाल, सदस्यमा बुद्धिकान्त घिमिरे,शान्ता दाहाल, अन्जु तिम्सिना,कोकीला भण्डारी, सौरभ पोख्रेल,यशोदा पोख्रेल चयन भएको नयाँ कार्यसमितीका सचिब चक्रपाणी सुवेदिले जानकारी दिनु भयो ।


