खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा आज धनकुटा बजारको अनुगमन
कार्तिक २४,धनकुटा खबर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा आज धनकुटा बजारको अनुगमन गरिएको छ ।

धनकुटा बजारका दुई दर्जन भन्दा बढी खाद्य सामाग्रीहरुको पसलमा गरिएको संयुक्त अनुगमनको क्रममा केही पसलहरुमा म्याद सकिएका विभिन्न खाद्य समाग्रीहरु भेटिएकोले ती समाग्रीहरु नियन्त्रणमा लिएको छ । साथै केही दर्ता नभएका पसल र केही पसलमा मुल्य सूचनी नराखेको पाईएकोले त्यस्ता पसल सञ्चालकलाई सचेत गराईएको कार्यालय प्रमुख अनुप हलुवाईले जानकारी दिनुभयो ।
टोलीले पसल दर्ता तथा नविकरण, मुल्य सूची , सामानको म्याद भए नभएको र नाप तौल लगायतको वारेमा अनुगमन गरेको थियो । अनुगमन टोलिमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख हलुवाई, खाद्य निरिक्षक सुशिल कोईराला, जिल्ला प्रहरी कार्यालय धनकुटका सई कुमार ढकाल, जिल्ला प्रशासन कार्यालय धनकुटाका बन्दना लिम्बु, लगायतको सहभागिता थियो ।


