धनकुटा जिल्लाकै जेठो पत्रिका जनविश्वास साप्ताहिक पत्रिकाले पुरा गर्यो २९ बर्ष,यसरी मनाइयो २९ औं वार्षिकोत्सव

कार्तिक २४,धनकुटा । धनकुटा जिल्लाकै जेठो पत्रिका जनविश्वास साप्ताहिक पत्रिकाको २९ औं वार्षिकोत्सव धनकुटा जिल्ला छथरजोरपार्टी गाउँपालिका– ६ स्थित पटेकडांडा पर्यटकीय मार्ग उर्गेन देछेन छ्योलिङ गुम्बा परिसरमा मनाईएको छ ।

पत्रिकाका प्रधान सम्पादक एवं प्रकाशन अध्यक्ष सन्जय सन्तोषी राईको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवको अवसरमा वोल्दै छथर जोरपार्टी गाउँपालिकाका अध्यक्ष शेर वहादुर लिम्वुले सो गाउँपालिकाका गुराँसे ध्वजे पर्यटन क्षेत्रको एउटा अंश हलहले पटेक क्षेत्र रहेको वताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि समेत रहनुभएका उहाँ लिम्वुले प्रदेश १ को सय गन्तव्य मध्ये हलहले पटेक पर्यटकिय क्षेत्र पनि एक भएको बताउनुभयो । उहाँले हलहले पटेक पर्यटकिय क्षेत्रको पर्यटन पुर्वाधारको विकास गर्न पुर्ण रुपमा डिपिआर तयार गरी सोही वमोजिम हालसम्म १ करोड, ५७ लाख रुपयाँ लगानी भै सकेको जानकारी दिनुभयो ।

छथर गाउँपालिका, लालीगुराँस नगरपालिका, महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाको संगम स्थल पटेक डाँडा पर्यटकिय स्थल समुन्द्र सतह देखी २ हजार ६ सय ५७ मिटर उचाईमा अवस्थित छ । पटेक डाँडाबाट साविकको पुर्वाञ्चलको १६ जिल्ला र कुम्भकर्ण, कञ्चनजंघा, मकालु लगायत हिमश्रङ्खलाहरु देख्न सकिन्छ भने यहाँबाट सुर्योदयको दृश्य मुख्य रुपमा अवलोकन गर्न सकिन्छ ।

वार्षिकोत्सवको अवसरमा जनविश्वास साप्ताहिक पत्रिकामा बिगतमा सहयोग गर्नुहुने पूर्व सम्वादाता दिपक गुरुङलाई कदर पत्र प्रदान गरीएको थियो भने जनविश्वास साप्ताहिकको आयोजना तथा शैलुङ सामुदायिक सञ्चार धनकुटा नेपालको प्रशिक्षक सहयोगमा सञ्चालित आधारभूत पत्रकारिता तालिमका सञ्योजक ग्याल्जेन शेर्पालाई समेत धन्यवादपत्र प्रदान गरीएको थियो । सो आधारभूत तालिममामा सफलता पूर्वक सम्पन्न गर्नुहुने लदिकी शेर्पा र लक्की शेर्पालाई प्रमाणपत्र प्रदान गरीएको थियो ।

कार्यक्रमको सञ्चालन जनविश्वास साप्ताहिक पत्रिकाका उपसम्पादक यानिन्द्र तिगेला लिम्बुले गर्नु भएको थियो भने पत्रिकाका वेभ सम्पादक तथा काटुनिष्ट आशिष लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो । भेषभुषा र शिलस्वाभावले पर्यटकको सत्कार– अर्गानिक खाना नेपाली परिकार, मनोरम नेपाल जातीय संस्कृती पहिचानको आधार–पर्यटन वर्ष सफल पार्ने पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजित जनविश्वास साप्ताकि पत्रिकाको २९ औं वार्षिकोत्सव समारोहमा स्थानीय शेर्पा कलाकारहरुले शेर्पा जातिको मौलिक संस्कृती स्याब्रु नृत्य संस्कृती प्रस्तुत गरेका थिए । सो अवसरमा सहयोगी हातको रुपमा छथरजोरपार्टी कार्यालय धनकुटा, गंगा जमुना होटल सञ्चालक श्रीमती पेम्बा शेर्पा, बौद्धधर्म संस्कृती संरक्षण गरेबापत उर्गेन देछेन छ्योलिङ गुम्बा, अग्रज पाठक एवं नियमति पाठकको रुपमा घनेन्द्रराज श्रेष्ठ, संस्थागत विकासका लागि नेपाल पत्रकार महासंघ धनकुटा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं १, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखालाई उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपालपत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नं प्रदशे महासचिव बिदुर खवास, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, पर्यटन विकास समिति छथरजोरपार्टीका सञ्योजक लाक्पा शेर्पा, लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।