किराँत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको आज १३६ औ जन्म जयन्ति धनकुटामा यसरी मनाइयो
कार्तिक २५,धनकुटा खबर । किराँत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङदिनको आज १३६ औ जन्म जयन्ति विभिन्न कार्यक्रम गर्दै मनाईएको छ ।
यो अवसरमा आज धनकुटाको चौविसे गाउँपालिका २ काभ्रावोटे स्थितको किरातेश्वर युमा माङ्हिम मन्दिरमा एक सय ८ दीप प्रज्वलन गर्दै विषेश पूजाआराधनाका साथ कार्यक्रम गरिएको छ ।
किरातेश्वर युमा माङ्हिम मन्दिर समितिका अध्यक्ष मोहन तुम्छाको अध्यक्षतामा सञ्चालित पूजाआराधना तथा कार्यक्रमको अवसरमा मन्दिर परिसरमा निर्माण गर्न लागिएको शौचालयको चौविसे गाउँपालिका २ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ममिन्द्र कुमार लिम्वुले शिलान्यस गर्नुभएको छ । चौविसे गाउँपालिकाको ५ लाख आर्थिक लागतमा सो मन्दिर परिसरमा शौचालय निर्माण गर्न लागिएको स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा वोल्ने वक्ताहरुले फाल्गुनन्दको योगदानको वारेमा चर्चा गर्दै उहाँको स्मरण गरेका थिए । कार्यक्रममा वुद्धीजीविहरु चिन्तामणी पौडेल,ईन्द्र तुम्छा,भीम लावती,शिक्षकहरु मान वहादुर वस्नेत, तेज प्रकाश तुम्छा,धन वहादुर मगर सहित विभिन्न संघ संस्थाका पदाधिकारीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य रकम तुम्छाले राख्नुभएको थियो भने निलोक तुम्छाले सञ्चालन गर्नुभएको थियो । मन्दिरमा पूजारीहरु देविलाल लिम्वु तुम्छा,शैलेन्द्रहाङ लिम्वु र भीम वहादुर तुम्छाले होमादी सहित पूजाआराधना गरेका थिए । सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दमा अदभुत र चामत्कारीक गुण रहेको विश्वास छ भने, पूर्वी नेपालका विभिन्न ठाँउमा किराँतहरुको माङहिम मन्दिरको स्थापना गर्नमा उहाँको ठूलो योगदान रहेको छ ।
पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा प्रगाढ बनाँउन,शिक्षाको प्रार्दुभाव गर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ ।


