कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन

कार्तिक २७,धनकुटा खबर । यूएनडिपी तथा धनकुटा नगरपालिकाको आर्थिक सहयोग र पर्डेपनेपाल धनकुटाको सहजिकरणमा सिंजाली टोलमा निमार्ण गरिएको कृषि उपज संकलन केन्द्र भवनको आज उद्घाटन गरिएको छ ।

धनकुटा नगरपालिकामा सञ्चालित कोभिट १९ रेस्पोन्स सोसियल इकोनोमि रिकोभरी कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिका वडा नं १ सिजालि टोलमा रहेको श्री पहाडि फलफूल तथा तरकारी उत्पादक कृषक समूहका कृषकहरुको जीवन स्तर सुधार गर्न तथा कृषकलाई बजारिकरण गर्ने उद्देश्यले निमार्ण गरिएको कृषि उपज संकलन केन्द्रको भवन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले आज एक कार्यक्रमका विच उदघाटन गर्नु भएको हो ।

भवनको उद्घाटन गर्नुहुँदै मेयर तामाङले निर्वाहमुखि कृषि प्रणालिलाई परिवर्तन गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले कृषकहरु कृषि क्षेत्रमा आत्मा निर्भर तथा व्यवसायिक रुपमा लागे मात्र समृद्धीको वाटो तर्फ अघि वढ्न सकिने वताउनुभयो । हाल धनकुटा नगरपालिका समृद्धी तर्फ अघि वढिरहेको भन्दै नगरले भोलिका दिनमा जीवन यापन सहज र समृद्ध नागरिक वनाउने प्रयत्न गरिरहेको वताउनुभयो ।

त्यस्तै पर्डेप नेपाल धनकुटाका सदस्य तथा धनकुटा वहुमुखी क्याम्पसका प्राध्यापक किरण घिमिरेले धनकुटा नगरपालिका र युएनडिपि पर्डेप नेपालको सहजीकरणमा १५ लाख ३८ हजार २ सय ६८ रुपयाँ लागतमा भवन निर्माण गरिएको जानकारी गराउनुभयो । अहिले सो कृषक समूहमा ५२ सदस्य छन् ।

यो भवनमा ३ सय घरधुरी किसानले उत्पादन गरेको कृषी उपज संकलन गर्न सकिने कार्यक्रममा जानकारी दिईएको छ । दुई तले यो भवन उपभोक्ता समूहले नै एक महिनाको अवधिमै निर्माण गरिसकएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी धनकुटा नगरपालिकाका नगर अध्यक्ष अर्जुन छाराले धनकुटा नगरले जताको मन छुने, भावना जित्ने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको वताउनुभयो ।

अरुले वोल्छ मात्रै नेकपाको सरकारले मात्र देश वनाउछ उहाँले भन्नुभयो । त्यस्तै जिल्ला समन्वय समितिका सदस्य ओङदा थिङले निर्वाचनको वेला जनता समक्ष गरिएका प्रतिवद्धताहरु पूरा हुँदै गईरहेको वताउनुभयो । उहाँले धनकुटा नगरपालिकालाई देशकै नमूना नगरपालिका वनाउन लागिरहेको पनि वताउनुभयो । त्यस्तै नेकपा सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख अर्जुन राईले गाउँ वनाउन आएका एजेन्सिहरुलाई काम गर्नका लागि सहज रुपमा काम गर्ने वातावरण र्सिजना गर्न नेकपाले भूमिका खेल्ने वताउनुभयो ।

कार्यक्रममा धनकुटा नगरपालकाका प्रमुख प्रसासकिय अधिकृत राम वहादुर थापा,पर्डेप नेपा धनकुटाका कार्यक्रम कोअर्डिनेटर मिन प्रसाद सुवेदी, नगरका योजना शाखा प्रमुख सिताराम गौतम,वातावर तथा सरसफाई विभाग प्रमुख उपेन्द्र खनाल,नेकपा सचिवालय सदस्य नकुल राई, वडा कमिटी अध्यक्ष कमल थिङजिल्ला खेलकुद विकास समिति अध्यक्ष भोगेन्द्र थापा,युवा संघका सागर तामाङमोहन लिम्वु, वडा नं ७ का वडा सदस्य सन्देश आठपहरिया,सिंजाली टोल विकास समितिका संयोजक तेज कुमार सिंजाली लगायतको सहभागिता थियो ।

कार्यक्रमको अध्यक्षता कृषक समूहका अध्यक्ष देव कुमार राईले गर्नुभएको थियो । उहाँले सो कृषक समूहले गत वर्ष तीन लाख केजी वन्दा, डेढ लाख केजी गाँजर, ५० हजार मुठा साग, ३५ हजार केजी मटर कोसा २ लाख केजी आलु उत्पादन गरेको जानकारी दिदै यो टोलबाट १ करोड भन्दा धेरै तरकारी जन्य सामाग्री अन्यत्र निर्यात हुने गरेको वताउनुभयो ।

उहाँले कृषहरुले अहिले विचौलियाको समस्या खेप्न वाध्य भईरहेको अवस्थामा यो संकलन केन्द्र निर्माण भएसँगै यो समस्या केहीहद सम्म भएपनि समाधान हुने अपेक्षा रहेको वताउनुभयो । अव कार्यक्रमको सञ्चालन सचिव गोविन्द सिंजालीले गर्नुभएको थियो । स्वागत मन्तव्य शिक्षक कमला लिम्वुले राख्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।