स्व. लामिछाने मगर प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवाजनलाई आर्थिक सहयोग प्रदान

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकाका नेपाली कांग्रेस गाउँ कार्य समितिका उपसभापति स्व.लोक वहादुर लामिछाने मगर प्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवाजनलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

स्व.लामिछनेको १३ औं पुण्य तिथिको अवसरमा पार्टीको क्षेत्रिय समिति र गाउँ कार्य समितिको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई नगद ५ हजार आर्थिक सहयोग प्रदान गरिएको नेपाली कांग्रेस प्रदेश “क” का क्षेत्रीय सदस्य चिन्तामणी पौडेलले जानकारी दिनुभयो । उहाँको परिवारको आर्थिक अवस्था कम्जोर रहेकोले आर्थिक रकम सहयोग गरिएको उहाँको भनाई छ ।

पार्टीका क्षेत्रिय सभापति पौडेल सहित गाउँकार्य समितिका सभपति धन वहादुर मगर,सचिव भीम वहादुर तुम्छा,क्रियाशील सदस्य पदम क्याप्छ्याकी मगर र सदस्य हेमकर्ण मगर सहितको टोलिले स्व लामिछानेको परिवारलाई समवेदना पत्र समेत प्रदान गरेको छ । ४९ वर्षका लामिछाने गत कार्तिक २८ गते खेतमा जानेक्रममा भिरबाट लडेर दुखद निधन हुनुभएको थियो ।

उहाँको परिवारमा श्रीमती सुकुमाया,छोरी रितिका र छोरा एरोज लामिछाने रहेकाछन् । लोक वहादुरको निधनले नेपाली कांग्रेस चौविसे गाउँ कर्य समितिलाई अपुरणिय क्षति पुगेको जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।