धनकुटाको सागुरीगढीमा नेपाल तरुण दल र नेपाल महिला संघ गठन,नेकपा सहित विभिन्न पार्टी परित्याग गर्दै सयौ युवा कांग्रेमा प्रवेश

मंशिर ४,धनकुटा । धनकुटाको सागुरीगढी गाउपालिका २ बुढिमोरङ्गमा आज नेपाल तरुण दल र नेपाल महिला संघ गठन गरिएको छ ।

नेपाली कांग्रेस सागुरीगढी गाउपालिका वडा नं २ का सभापति योगन्द्र इवा लिम्बुको अध्यक्षतमा सञ्चालित कार्यक्रममा पूर्णदेव इङ्नाम को अध्यक्षतामा ७१ सदस्यीय तरुण दल गठन गरिएको हो भने खगेन्द्रमती चेम्जोङ्गको अध्यक्षतामा २५ सदस्यीय नेपाल महिला संघ गठन गरिएको नेपाली काग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

तरुणदलको उपाध्यक्षमा राजेन्द्र लिम्बु,सचिवमा वसन्त राई, सह सचिवमा सुजन विक,कोषाध्यक्ष श्रीजन इवा लिम्बु रहेकाछन् । अन्य सदस्यहरुमा,किसान लिम्बु,ललित लिम्बु,कुसुम राई,रोसन राई,कुल वहादुर लिम्बु,यक्ष नयोङ,सन्तोष राई,रिजर्ड तुम्वापो,खगेन्द्र लिम्बु,दिलिप लिम्बु,सृजन लिम्बु, अनिष लिम्बु, राम कुमार लिम्बु,बृद्धराज लिम्बु,रोशन लिम्बु,गजिन लिम्बु,बसन्त राई,प्रविन ईवाहाङ्ग,विवश तुम्वापो,निरज विक,जलन तुम्पापो,विश्वास खेवा,आयुष लिम्बु,मेघदल लिम्बु,सुकेन्द्र लिम्बु,सुरेन लिम्बु,रोजन लिम्बु लगायत रहेकाछन् ।

नेपाल महिला संघको सचिवमा सुरक्षा लिम्बु,कोषाध्यक्षमा सुष्मिता फलेछवा रहेकाछन् । अन्य सदस्यहरुमा ममता चेम्जोङ्ग,सपना लिम्बु,चन्द्र थेगिम,हिन्द लिम्बु,अञ्जना लिम्बु,सञ्च लिम्बु,जानुकी लिम्बु,मनिका इवाहाङ्ग,सुस्मिता चेम्जोङ्ग ,पार्वती लिम्बु,अस्मिता राई ,आईतमाया लिम्बु लगायत रहेकाछन् । कार्यक्रमकै अवसरमा नेकपा लगायत विभिन्न पाटी परित्याग गरी १ सय २ जना युवा तथा महिला नेपालि कांग्रेसमा प्रवेश गरेकाछन् ।

प्रवेश गर्नेहरुमा शुसन लिम्बु,पदम लिम्बु,गोपाल लिम्बु,पुनम लिम्बु,बल वहादुर लिम्बु,राज वहादुर लिम्बु,सुवास तामाग, प्रविन तामाग ,अमित तामाग,साजन तामाग,मैतयामा लिम्बु,तीर्थ लिम्बु,गणेश लिम्बु, टकेन्द्र लिम्बु,सिर्जन लिम्बु,गौतम लिमबु,सुरेन लिम्बु,शुसिल लिम्बु, अग्नी तुम्वापो,राजेश लिम्बु,दिया लिम्बु,सुरोज तामाङ,दिपेन तामाङ,सुक्र तामाङ,लक्ष्मी तामाङ डिकेन तामाङ, कुल वहादुर लिम्बु,आषुष लिम्बु,निर वहादुर विक,खगेन्द्र लिम्बु, दिलिप लम्बु लगायत रहेकाछन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै १ नं प्रदेश सभा सांसद लिला सुब्बाले परिवर्तनको संवाहक तरुण र महिला भएको वताउनु भयो । त्यस्तै पार्टीका जिल्ला सभापति अग्नि प्रसाद पौडेलले तरुण यूवा र महिलाको सक्रियताबाटै कांग्रेस शक्तिशाली बन्ने धारणा राख्नुभयो । भने संविधान सभाका सदस्य कांग्रेस युवा नेता विश्व दिप लिङ्देनले मुलुकलाई सफल र समृद्ध बनाउन तरुण र महिलाहरुको अनिवार्य सहभागीता गराउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पार्टीका जिल्ला सचिव राई सहित सह सचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोठ फागो, बिष्णु पौडेल, हर्कमान चेम्जोङ, लगायतले नेपालि कांग्रेसलाई शक्तिशाली बनाउन अव नया ढंगबाट अभियान सञ्चालन गर्ने वताएका छन् । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका युवा नेता निर्देश लिम्बुले राख्नु भएको थियो भने सञ्चालन सचिव आईत लिम्बुले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।