मुक्तिनाथ विकास बैंकलाई युरोपियन अवार्डसँगै एक लाख युरो प्राप्त

काठमाडौ । मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत भएको छ । अवार्डसँगै बैंकले एक लाख युरो प्राप्त गरेको छ ।

बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका आधारमा उक्त पुरस्कार दिइएको हो ।

उक्त पुरस्कारको लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र ईथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी पुरस्कार दिएको हो ।

पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

बैंकले ४२ जिल्लामा रहेका १३८ ओटा शाखामध्ये ११८ ओटा शाखामार्फत् साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेकोछ । जसमा १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् भने १७ अर्बभन्दा बढी लगानी भएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖