जीर्ण बन्दै बेलायत सरकारको परियोजनामा निर्माण भएको धरान-धनकुटा सडक !

धनकुटा खबर । बेलायत सरकारको ओडीए परियोजनाअन्तर्गत वि.स २०४० सालमा बनेको ७ मिटर चौडा ५२ किलोमिटर लामो धरान धनकुटा सडक भरपर्दो मर्मत सम्भार र आवश्यक परेका स्थानमा पुनस्थापनाकालागि सडक विभागले समयमै ध्यान नदिदाँ अब भने जीर्ण बन्दै गएको छ ।

नेपालकै राम्रो र स्तरिय सडक अन्र्तगत पर्ने यो धरान–धनकुटा सडकअहिले भने जोखिम पूर्ण यात्रागर्नु पर्ने बाध्यता सिर्जनाहुदै गएको छ । सडक जसले तत्कालिन पूर्वाञ्चलविकास क्षेत्रको सदरमुकाम धनकुटा र यस भेगका अन्य पहाडि जिल्लालाई तराइसँग जोडेको थियो ।

अहिले पनि धनकुटा सहित भोजपुर, संखुवासभा र तेह्रथुमकालागि तराइजोड्ने अर्को बैकल्पीकमार्ग बनेको छैन् । तर पुनस्थापना तथा मर्मत सम्भारको अभावमा पहाडी जिल्लाकै नमुना बायोइन्जिनिरिङ्गयुक्त धरान–धनकुटा सडक जीर्ण भएको हो । पूर्वका पहाडी जिल्लालाई तराइसँग जोड्ने मुख्य यो सडकका सबैजसो संरचना र पुलको आयु सकिदै गएको छ ।

पूर्वि पहाड र तराइको जोड्ने धरान–धनकुटा खण्डका कतिपय स्थानमा नियमित पहिरो खस्ने गरेको छ भने कहिँभासिने त कतै खहरे र खोलाको कटानले सडक जिर्ण बन्दै गएको हो । निसाने, लेउती र गर्जूवाखोलाको कटान, भू–क्षय तथा पहिरोका कारण जमिनै भासिने समस्याले यो सडक ठाउँठाउँमा क्षतिग्रस्त बनेको छ ।

सडकको आयु ४० बर्ष पुगिसकेकाले निसाने, खराने, मखवा, जर्गुवा, लेउती, पात्ले र तमोर नदिमाथिको पुल र अन्य धेरै संरचना पुनस्थापना र मर्मत गर्नु पर्ने अबस्थामा पुगेको शहिदभूमी गाउँपालिकाका सवारी चालक रामबहादुर राईले बताए । उनले भने ‘कुनै बेला यो सडकमा सवारी साधन चलाउन ज्यादै सजिलो थियो तर अहिले यात्रा जोखिम पूर्ण तरिका बाटै गर्नु पर्ने हुन्छ’ बेलायती सेनामा कार्यरत नेपालीहरुको कल्याणकारी कोष समेत गरि तत्कालिन समयमा यो सडकमा प्रतिकिलोमिटर एक करोड रुपैयाँ खर्च गरिएको थियो ।

पानी र ढल निकासको राम्रो ब्यबस्था गरि बनाइएकाले पहाडका अरु धेरै सडक यसैको डिजाइनमा आधारित छन्। सामान्य अबस्थामा आकस्मिक र तत्कालिन मर्मतका लागि मात्रै यो सडकका लागिबर्षेनी १५ करोड रुपैयाँ अबश्यक पर्ने प्राविधिकहरु बताउँछन् । तर सडक सफाईकर्मिको ज्याला सहितजम्मा पाँच करोड रुपैयाँ प्राप्तहुने गरेको छ ।

डिभिजन सडक कार्यालय धनकुटाका प्रमुखदानकुमार शाक्यले जानकारी दिए । उनले भने ‘अहिले यो सडक भन्दा तलबाट ठूला ठूलापहिरो जान थालेको, ग्याविनहरु भाँसिन थालेको हुदाँ नेपाल सरकारको रोड बोर्ड अन्र्तगतको पैसाले मात्र मर्मत गर्न सम्भव छैन् त्यसका लागिअन्य दातृ निकायसंग सहयोग माग्नु पर्छ’ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।