कोरोना प्रभावित सहिदभूमी धनकुटाका किसानलाई कृषि सामाग्री एवं वीउ विजन वितरण
धनकुटा खबर । धनकुटाको सहिदभूमी गाँउपालिकाका कोभिड १९ (कोरोना) प्रभावित गरिव किसानहरुलाई आज कृषि सामाग्री तथा वीउ विजन वितरण गरिएको छ ।
कारितास नेपालको जिविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत स्वीस सरकारको आर्थिक सहयोगमा प्रदेश नं १ का भूमि व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्रि राम वहादुर राना मगरको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच सो गाँउपालिकाका ७ वटै वडाका १८ सय १४ घरधुरी किसानहरुलाई एक करोड वरावरको हजारी, स्प्रे,प्याकीङ प्लाष्टिक,टमाटर,वन्दा, काउली, साग र धनियाको वीउ वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै भूमि व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्रि मगरले दातृ निकायबाट प्राप्त भएको कृषी सामाग्री तथा वीउविजनको उचित सदुपयोग गर्न आग्रह गर्नु भयो । कृषी क्षेत्र नै देशको मुख्य आधार भएकोले जिविको चलाउने मात्र नभई आर्थिक उपार्जनको मुख्य चिज पनि खेतीपातीलाई वनाउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्रदेश नं १ का न्याय तथा विधायन समिति सभापति ईन्द्रमणी पराजुलीले देश परिवर्तनका लागि शहिदभूमी गाउँपालिकाले धेरै योगदान पुर्याएको वताउनुभयो । त्यसैले प्रदेश सरकारले यो गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने वताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य निरन राईले शहिदभूमि गाउँपालिकामा प्रदेश सरकारको तर्फबाट कृषी क्षेत्रका लागि ठूलो लगानी भित्रीएको भन्दै यसको सदुपयोग गरेर समृद्धीको एजेण्डा पूरा गर्न कृषकहरुले यहाँको हावापानी र माटो सुहाउँदो गर्नुपर्ने वताउनुभयो ।
शहिदभुमि गाउँपालिकाका अध्यष् मनोज रईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कारितास नेपालका कार्यक्रम संयोजक देवेन्द्र पोखरेल,शहिदभूमी गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राई, पर्डेप नेपाल धनकुटाका कार्यक्रम कोर्डिनेटर मिन प्रसाद सुवेदी,सिडिएफ नेपालका प्रमुख केदार दाहाल, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका संयोजक कारितास नेपालका ईन्द्र विकले राख्नुभएको थियो ।


