महिला हिं सा गर्नेलाई कानुनी र नैतिक दण्ड हुनुपर्छ

धनकुटा खबर । लै,गिक हिं,सा विरुद्धको १६ दिने अभियान आजबाट शूरु भएको छ । यो अभियानको पहिलो दिन धनकुटामा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महिला हिं,सा गर्नेलाई कानुनी र नैतिक दण्ड हुनु पर्ने वताएका छन् । यो अवसरमा धनकुटा नगरपालिकाद्धारा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी वक्ताहरुले त्यस्तो वताएका हुन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतित्थ्यमा सञ्चालित कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनीधिहरुले महिला भएकै कारण समाजमा हिं,सा पी,डित हुनु पर्ने अवस्था सदाको लागि अन्त्य होस भन्ने कामना समेत गरेका थिए । उनीहरुले महिला हिं,साको अधिकांश घट्ना घर भित्रबाटै हुने गरेको दावी समेत गरेका थिए ।

धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला वस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उप–प्रमुख वंगला राई, प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली, प्रहरी प्रमुख गोविन्द अधिकारी, सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म नेपालका प्रमुख रामचन्द्र श्रेष्ठ, अन्तरपार्टी महिला संजाल धनकुटाकी अध्यक्ष पार्वती राई, पारालिगल धनकुटाकी अध्यक्ष कोपिला शंकर लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको औचित्य हुसाडेक नेपालका अध्यक्ष गीता अधिकारीले प्रकाश पार्नुभएको थियो ।

त्यस्तै महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले स्थानिय मदनचोकमा द्धिप प्रज्वलन गरेको थियो । द्धिप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली सहित सूरक्षा निकायका प्रमुख एवं प्रतिनीधि,विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती थियो ।

हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म सञ्चालन गरिदै आएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको यो वर्षको राष्ट्रिय नारा “लैगिङ्गक हिं,साको अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सवैको प्रतिवद्धता” भन्ने रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।