प्रविधिक शिक्षा तर्फ जोड दिनुपर्छ – राजेन्द्र राई
धनकुटा खबर । धनकुटाको साँगुडीगढी गाउँपालिका ५ स्थितको भानु माध्यमिक विद्यालयले आज आफ्नो ६७ औँवार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पुर्ण खजुमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्नु हुदैँ प्रतिनीधि सभा सदस्य राजेन्द्र कुमार राईले परम्परागत शिक्षा प्रणालीलाई परिमर्जित गर्दै प्रविधिक शिक्षा तर्फ जोड दिनुपर्ने वताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य निरन राई, सागुडीगढी गाउँपालिका अध्यक्ष कुमार जंङ्ख याखा लगायतले प्रविधि मैत्री शिक्षा अहिलेको आवश्यता रहेको बताएका थिए । कार्यक्रममा प्रध्यानध्यापक यज्ञ बहादुर लिम्बुले विद्यालयको शैशिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिनीधि सभा सदस्य राई समक्ष विद्यालयको भौतिक संरचना निमार्णमा सहयोग गर्न माग गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय कलाकार सुनिता संयोग लिम्बु र स्थानिय कलाकार महेन्द्र घिमिरे लगायतले सांगितिक मनोरञ्जन प्रदान गरेका थिए भने ढोल र हुर्रा नाच समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा स्थानिय दाताहरुले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रा वृत्ति वितरण गरेको विद्यालयले जनाएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बुद्धि बज्गाईले गर्नु भएको थियो ।


