समयअवधी भन्दा अघि निर्माण काम सक्ने निर्माण व्यवसायी पुरस्कृत
धनकुटा खबर । तोकिएको समय भन्दा अगाडि काम सक्ने धनकुटाका एक जना निर्माण व्यवासायी पुस्कृत एवं सम्मानित भएका छन् ।

अधिकांश योजनाहरु समयमा निर्माण कार्य नसकेर सरकारी निकायले ब्याल्क लिष्टमा राख्ने र ठेक्का तोड्ने काम भईरहंदा सगरमाथा जेभी सुदिक्षा थुलुङ्ग कन्ट्रक्सन धनकुटाका प्रोपाईटर प्रकास थुलुङ्ग राई पुरस्कृत एवं सम्मानित भएका हुन ।
उनलाई साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटा हाल सधन सहरी भवन निर्माण आयोजना धनकुटाले १३ लाख, ८५ हजार नगदले पुरस्कृत एवं आँखिसल्ला स्वास्थ्य चौकी धनकुटाको तर्फबाट कदरपत्रले सम्मान गरिएको छ ।
प्रोपाईटर राईलाई आँखिसल्ला स्वास्थ्य चौकिले भवन उद्धघाटनको अवसर पारेर संघिय सांसद राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यमा सम्मान एवं पुरस्कृत गरिएको हो ।
भवन उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद राजेन्द्र कुमार राईले प्रकाश थुलुङ राईले भने समयमा काम सकेर उदाहरणिय काम गरेको भन्दै राईले प्रशंसा गर्नुभयो ।
सगरमाथा जेभी सुदिक्षा थुलुङ कन्ट्रक्सन धनकुटाले ०७५ असार २५ गते २ तले ८ कोठे पक्की भवन निर्माण गर्नको लागी सम्झौता गरेर ०७६ पौष २४ गते निर्माण कार्य सम्पन्न गर्ने गरी मिति तोकिएको थियो ।
तर तोकिएको अवधी १ वर्ष १८ महिना रहेको सो समयअवधी भन्दा ६ महिना अगावै ०७६ असार मसान्तमा निर्माण कार्य सम्पन्न गरेपछि निर्माण कम्पनी पुरस्कृत एवं सम्मानित भएका हुन् ।
साविकको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय हाल सधन सहरी भवन निर्माण आयोजना धनकुटाका इन्जिनियर निविन किशोर श्रेष्ठले कुल लागत २ करोड, ९ लाख, ३४ हजार १ सय ८३ रुपयाँमा बनेको स्वास्य चौकी भवन तोकिएको अवधी भन्दा ६ महिना अगावै सकिएकोले पुरस्कृत गरिएको वताए ।
उनले ऐनले तोकिए वमोजिम सम्झौता गरिएको कुल लागतको ०.५ प्रतिसतले हुन आउने रकम प्रोत्साहन स्वरुप वोनस १३ लाख, ८६ हजार प्रदान गरिएको वताउनुभयो ।


