प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनकुटाको पाख्रीवासका ६३९ जनाको आवेदन

शर्मिला राई, धनकुटा खबर । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले हाल देशभरका वेरोजगार व्यक्तिहरुको संख्या सूचिकृत गर्ने काम गरिरहेको छ । सोही अनुसार यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनकुटाको पाख्रीवास नगरपालिकाका ६ सय ३९ व्यक्तिको आवेदन परेको छ ।

संघिय सरकारको योजना अनुसार सञ्चालन हुने यस कार्यक्रमका लागि १८ देखी ५९ वर्ष उमेर समूहका उल्लेखित संख्याका व्यक्तिले आवेदन भरेको नगरका रोजगार संयोजक नरायण वस्नेतले जानकारी दिनुभयो ।

नगरमा भरिएका अवेदन श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयमा पठाईसकिएको उहाँले वताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पहिलो पटक ५१ लाख ७० हजार र दोश्रो पटक ४८ लाख रकम आईसकेको उहाँले वताउनुभयो ।

संयोजक वस्नेतका अनुसार पहिलो पटक युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना शिर्षकमा ५१ लाख ७० हजार र कामका लागि पारिश्रमिकमा आधारित आयोजनाका लागि वेरोजगार व्यक्तिहरुको आवेदन पठाईसकेपछि दोश्रो पटक थप ४८ लाख वजेट आएको हो ।

गत वर्ष सर्शत रकम मध्येवाट ७० प्रतिशतले ज्याला भुक्तानि गर्ने र बाँकी ३० प्रतिशतले निर्माण सामाग्री, औजार तथा कमदारलाई सूरक्षात्मक सामान खरिद गर्ने भनिएकोमा यस वर्षको सम्पूर्ण रकमको शतप्रतिशत ज्यालामा खर्च गर्नुपर्ने र निर्माण सहितका अन्य आवश्यक सामाग्री नगरबाटै खरिद गर्न भनिएको छ ।

अति विपन्न परिवारका बेरोजगार व्यक्तिहरुलाई रोजगारी दिईने यो कार्यक्रम मार्फत श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले चालू आर्थिक वर्ष मा विपन्न परिवारका दुई लाख बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष राखेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।