वैदेशिक रोजगारीका लागि कम्वोडिया गएका धनकुटाका ३ सहित २७ जना नेपाली विगत १० महिना देखी अलपत्र

मंशिर १३,धनकुटा । धनकुटाको सागुरीगढी र सहिदभुमी गाउँपालिकाका क्रमश हरि कुमार राई, किसन राई र स्नेहा राई को माध्यमबाट वैदेशिक रोजगारीका लागि कम्वोडिया गएका धनकुटाका ३ सहित २७ जना नेपाली विगत १० महिना देखी अलपत्र परेकाछन् ।

वैदेशिक रोजगारीका लागि चाईना कन्ट्रक्सन (CSCEC) गएका धनकुटाको चुङमाङका मेहेर मान तामाङ, छिन्ताङका सन्तोष राई र धनकुटा पात्ले खोला छेउका मणिक राई सहित २७ जना नेपालीले आफुहरु विगत १० महिना देखि कम्वोडिया मै अलपत्र परेको वताएका हुन् ।

एजेन्टहरुले आफुहरुलाई महिनाको एक लाख २० हजार तलव हुन्छ भनि प्रति व्यक्ति ४ लाख देखी ५ लाख ५० हजार सम्म तिर्न लगाएर मेसन कामको लागि पठाएको पीडित मेहर मान तामाङले वताउनुभयो ।

कम्वोडिया पुगेर आफुहरुले दुई तीन महिना काम पनि गरेको तर तलव भने नपाएको तामाङको भनाई छ । कामको तलव पनि नपाएपछि काम छाडेर आफुहरु एनआरएन को सहयोगमा वसिरहेको तामाङले वताउनुभयो । अहिले आफुहरुलाई विदेश पठाउने एजेन्टहरु सँग सम्पर्क समेत नरहेको पीडितहरुको भनाई छ ।

पीडितहरुले आफुहरुलाई ठगेको भन्दै आफ्नो लागत रकम सम्वन्धित एजेन्टहरुले फिर्ता दिनु पर्ने र शकुशल नेपाल फर्कन पाउनु पर्ने माग गरेका छन् । पीडित अन्य नेपालीहरुमा झापा,सुनसरी लगायत स्थानका रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।