धनकुटाको पाख्रीवासमा आईसोलेशन वार्ड सहितको कोभिड अस्पताल सञ्चालन

शर्मिला राई, धनकुटा खबर । देशका सम्पूर्ण स्थानिय तहमा ५ देखि १५ शैयाको आधरभूत अस्पताल निर्माण गर्ने संघिय सरकारको लक्ष्य अनुसार धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट ५ वेडको आईसोलेशन वार्ड सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

हाल सञ्चालित स्वास्थ्य चौकी भवन मै व्यवस्थापन गरि सञ्चलनमा ल्याईएको अस्पतालको एक कार्यक्रमको वीच पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईले उद्घाटन गर्नुभएको नगरका रोजगाार संयोजक नारायण वस्नेतले जानकारी दिनुभयो ।

यहाँ यो अस्पताल सञ्चालनमा आए सँगै अव कोरोना संक्रमित विरामीहरुको उपचारमा केही सहज हुने अपेक्षा गरिएको छ । यो अस्पतालमा अहिले एमविविएस डा एक जना,स्टाफ नर्स एक जना,ल्याव असिस्टेण्ट एक जना र कार्यलय सहयोगी एक जना सहित जम्म ४ जना कर्मचारीको समेत व्यवस्था मिलाईएको उहाँले वताउनु भयो ।

अस्पतालमा आवश्यक अन्य सामाग्री थप गर्दै लगिने जनाइएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्वस्थ्य संयोजक मोहम्मद स्माईल मियाले कार्यक्रमको औचित्य स्पष्ट पार्नुभएको थियो ।

यसैक्रममा उहाँले यो अस्पताल जिल्लाका विभिन्न स्थानिय तहहरु मध्ये कै पहिलो कोभिड अस्पताल भएको वताउनुभयो । कार्यक्रमको सञ्चालन रोजगार संयोजक वस्नेत गर्नुभएको थियो । अस्पताल उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिना,प्रमुख प्रशासकीय अधिकृत डिक वहादुर राई,स्वास्थ्य संयोजक मिया सहित कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न स्वस्थ्य चौकीका प्रमुख एवम् प्रतिनीधि र स्वयम् सेविकाहरुकाहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।