जमिन चिरा चिरा पर्न थाले पछि धनकुटा शहिदभूमीका बासिन्दाले भने,- सुरक्षित ठाऊमा बस्ति सारिदिनुस्

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ७ को गैरी गाउँका स्थानियले पहिरोका कारण यहाँ भन्दा बढी क्षति हुन नदिन छिटो भन्दा छिटो सुरक्षित ठाउँमा सारिदिन आग्रह गरिरहेका छन् । पहिरोका कारण बस्ति बसेको स्थानको जमिन चिरा चिरा पर्न थाले पछि स्थानियले स्थानान्तरणको माग गरेका हुन् ।

घर पहिरोले लग्यो, अन्न बालि लगाएको बारी पनि चिरा, चिरा परेर कामै नलाग्ने भएको छ स्थानिय हेम बहादुर परियारको भने । अहिले हिउँदको समय भएकाले बर्खाको जस्तो जोखिम त छैन, तर पनि मनमा पहिरोको डर भने नहराएको स्थानीय राम कुमारी राईले बताउनुभयो ।

सुके खोलामा गत भदौ ९ गते एक्कासी पानी निस्कीएपछि विस्तारै गाउनै चिरा, चिरा भएको छ । पहिरोको उच्च जोखिममा रहेकाले बस्तीलाई सुरक्षीत स्थानमा स्थानान्तरण गर्न प्रक्रिया अघि बढाईसकेको शहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राइले बताउनुभयो ।-फाइल फोटो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।