छथरले दियो ९० जनालाई राहत र सापटी रकम
नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर गाउँपालिकाले सोमबार आफ्ना पालिकाका १७ वटा कृषिजन्य फर्महरुलाई निःशुल्क ब्याजदरमा सापटी रकम र ७३ जना बाढीपहिरो पिंडितलाई राहत दिएको छ ।

गाउँपालिकाले १७ जना यूवा तथा ब्यबसायीक किसानहरुलाई २८ लाख २७ हजार ५ सय र बाढीपहिरो पिंडितलाई ७ लाख २३ हजार ५ सय रकम दिएको हो ।
गाउँपालिकाले आईतबार एक राहत बितरण कार्यक्रमको गरेर उक्त रकम बितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममा संघिय सांसद राजेन्द्र कुमार राई र जिल्ला समन्वय समितिका सदस्य शिव आङ्ला लिम्बूले उक्त रकम प्रदान गर्नुभएको थियो ।
रकम प्रदान गर्दै प्रमुख अतिथी राईले सोधभर्ना सापटी बापत लिएको रकमको उचित सदुपयोग गरी ब्यबसाय गर्न सुझाव दिनुभयो । उहाँले चुनावका समयमा नेकपाले जतालाई खाना,नाना र छानाको लागि प्रतिवद्धता जनाएकोले गाउँपालिका मार्फत् आर्थिक सहयोगको कार्यक्रम ल्याईको बताउनुभयो ।
उहाँले कार्यक्रममा छथर जोरपाटी गाउँपालिलाई गाउँपालिकाको अग्रतामा आउने बर्ष फुस्को छाना रहित घर बनाईने पनि प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै बिशेष अतिथी लिम्बूले ऋणको उपयोगिता गर्न नजाने यसले समस्या निम्त्याउने भएकाले सचेततापूर्वक ब्यबसायमा खर्च गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठले किसानहरुको समृद्धिका लागि गाउँपालिकाले योजना ल्याएकोले ईमान्दारीतापूर्वक सापटी रकम समयमा फिर्ता गर्न सुझाव दिनुभयो ।
पालिका अध्यक्ष लिम्बूले धनकुटा खबर संगको छुट्टै कुराकानीमा आर्थिक अभाव भंई केहि गर्न चाहने यूवा तथा ब्यबसायीहरुको राहतको लागि सोधभर्ना सापटी कार्यक्रम ल्याईएको जानकारी दिनुभयो ।
लिम्बूले खाधन्न,तरकारी,मसलाजन्य खेतीका लागि एक बर्ष पछि र पशुपालन,फलफुल र तरकारी खेतीका लागि तेस्रो बर्षपछि ३ किस्तामा ५ बर्ष भित्र रकम फिता गर्नेगरी सापटी रकम फिर्ता गर्नुपर्ने रकम दिईएको बताउनुभयो ।
सोधभर्ना सापटी कार्यक्रम अन्तर्गत न्युनतम ९२ हजार ५ सय र अधिकतम २ लाख ७५ हजार सापटी रकम बितरण गरिएको छ । त्यस्तै बाढिपहिरो राहत तर्फ ५ हजार देखि १५ हजारका दरले रकम बितरण गरिएको छ ।


