जनताको विश्वासलाई हामी कहिल्यै घात गर्न चाहदैनौ – ईन्द्रमणी पराजुली
धनकुटा खबर । धनकुटाको सहिदभूमि गाँउपालिकाको ५ नं वडाको वडा कार्यलय भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य तथा गाँउपालिका अध्यक्ष मनोज राईको विशेष आतिथ्यमा उद्घाटन गरिएको हो ।
प्रमुख अतिथि न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले कार्यक्रमलाई समबोधन गर्नु हुदै मुलुकमा राजनितिक परिवर्तनका लागि सहिदभुमि गाँउपालिकाको जनताको महत्वपुर्ण योगदान रहेको बताउनु भयो । जनताको विश्वासलाई हामी कहिल्यै घात गर्न चाहदैनौ, अब चाडै जनताले परिवर्तनको अनुभुति लिन पाइन्ने बताउनु भयो । त्यस्तै गरी चाडै सहिदभुमिको गरिबि अन्त्य गर्ने पनि बताउनु भयो ।

त्यस्तै गरि कार्यक्रमका विशेष अतिथि गाँउपालिका अध्यक्ष मनोज राईले पनि कार्यक्रममा बोल्नु हुदै जनताले सोचे अनुरुपनै विकासका कामहरु अगाडि बढिरहेको जानकारी गराएका थिए । साथै अध्यक्ष राइले सिहंदरबारको अधिकार र सेवा सुबिधा प्रत्याभुत हुनेगरी गाँउ गाँउमा जनतालाइ दिइरहेको बताउनु भयो ।
कार्यक्रममा गाउपालिका उपाधयक्ष रत्नेश्वरी राई, वडा नं ७ का वडा अध्यक्ष बम बहादुर राई, नेकपा वडा कमिटि सचिव भानु राई, नेकपा गाँउकमिटि सचिव मातृका राई, नेकपा धनकुटाका सचिबालय सदस्य साबित्रा राई लगाएतले शुभकामना मन्तव्य राखेका थिए । हल सहितको ७ कोठे दुइ तले भवन गाँउपालिकाको वहुवर्षे योजना अन्तरगत १ करोड लागतमा निमार्ण गरिएको वडा अध्यक्ष मल्सुराम राईले बताउनु भयो ।

उक्त कार्यक्रममा वडाकार्यलय भवन निमार्णका लागि निशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गा दाताहरु कुल बहादुर राई ,भिम बहादुर राई र सुर्य बहादुर राइलाई सम्मान पत्र सहित दोसोल्ला ओढाएर सम्मान गरेकाछन् ।
शिक्षक होम राईले कार्यक्रमको सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य टिका राम राइले राख्नु भएको थियो ।


