मदन भण्डारी फाउन्डेसन वडा तहसम्म विस्तार हुँदै

चितवन, मदन भण्डारी फाउन्डेसन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ। फाउन्डेसनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ।

फाउन्डेसन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी र कालिका नगर कमिटी तथा क्षेत्र नं १ कमिटी गठन गरिसकिएको छ।

रत्ननगर नगर कमिटी र भरतपुर महानगर कमिटी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भट्टराईले जानकारी दिए। कालिका नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकेडेमीसमेत गठन गरिएको छ। माडी नगर कमिटी र इच्छाकामना गाउँ कमिटी गठनबारे छलफल भइरहेको बताउँदै उनले भने, ‘पालिका र क्षेत्रीय कमिटी गठन सम्पन्न भएपछि वडा कमिटी गठन गरिने छ।’

जननेता मदन भण्डारीका नाममा स्थापित उक्त फाउन्डेसनले सामाजिक कार्यका साथै विकास निर्माणका काममा समेत सहजीकरण गर्दै आएको छ। रक्तदान, आँखा शिविरजस्ता कार्यक्रम गरिरहेको फाउन्डेसनले दासढङ्गादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको एकीकृत विकास गर्ने अभियानमा सहजीकरण गरेको छ।

दासढंगा र गाँजीपुरमा गत वर्ष केही विकासका काम भइसकेका छन् भने यस वर्षका लागि पनि बजेट विनियोजन भएको छ। नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारीको जिप दासढुंगाबाट त्रिशूलीमा खसेको थियो।

उनको शव गाँजीपुरमा भेटिएको हो। दुवै ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न फाउन्डेसनले सहजीकरण गरेको सहसचिव तिलक रिमालले बताए। दासढुंगामा राजनीतिक अध्ययन केन्द्रसमेत निर्माण गर्ने योजना छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।