आफ्ना नागरिक संग महिला हिंसाका बिषयमा अन्तरक्रिया गर्दै जोरपाटी
नारायण कुमार राई,धनकुटा । आफ्ना पालिकाका सरोकारवाला तथा महिलाहरु संग छथर जोरपाटी गाउँपालिका धनकुटाले एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

संसारभरी र नेपालमा पनि नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० सम्म १६ दिन महिला हिंसा बिरुद्धको अभियान कार्यक्रम सन्चालनको क्रममा पालिकाले उक्त एक दिवसिय कार्यक्रम गरेको हो ।
स्थानिय लैगिक हिंसा समन्वय समिति तथा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिला पुनस्थापना केन्द्रकी प्रतिनीधि सुमना तिम्सिनाले महिला हिंसाका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
तिम्सिनाले ‘लैगिक हिंसामा आधारीत हिंसाका स्वरुव,कारण र असर’का बिषयमा प्रशिक्षणमूलक सहजिकरण गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको प्रमुख आथिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले महिला हिंसा र कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बिभिन्न बिद्यालका बाल कल्वका प्रतिनीधि,वडा अध्यक्षहरु,नेपाल प्रहरी लगाएत ४५ महिलाहरुको सहभागिता रहेको सहाकयक कम्प्युटर अपरेटर शंकर प्रसाद ओझाले जानकारी दिनुभयो ।


