वाढाङमीको अवसरमा मंशिर २१ गते आईतवार सार्वजनिक विदा दिने शहिदभूमी गाउँपालिकाको निर्णय

धनकुटा खबर । शहिदभूमी गाउँपालिकाले आज एक प्रेस विज्ञाप्ति जारी गरी यो गाउँपालिका क्षेत्रका किराँत छिलिङ राई,नाम्सिहाङ र अन्य राई जातीहरुले मनाउने पापानी, वाढाङमीको अवसरमा मंशिर २१ गते आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आईतवार गाउँपालिका क्षेत्रमा रहेका सरकारी कार्यलय, विद्यालय, बैंक तथा वित्तिय संस्था सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

यो पर्व शहिदभूमि गाउँपालिकाका आँखिसल्लामा वसोवास गर्ने आदीवासी जनजाती राईहरु मध्ये छिलिङराईको पनि विभिन्न पाछा,छिन्ताङमा वसोवास गर्ने नाम्सिहाङ राईको विभिन्न पाछा र खोकुका राई जातीका विभिन्न पाछाका राईहरुले माङला हेरेर महत्वपूर्ण पर्वको रुपमा मनाउने गरेका छन् । मंशिर पूर्णीमा पछिको मंगलवारबाट मनाउन शूरु गरिने यो पर्व मा विषेश गरि वुढाहाङ देवताको पूजा गरि एक हप्ता सम्म मनाउने गरिन्छ ।

यो पर्वमा उनिहरुले ढोल झ्म्टा वजाउदै पापानी गीत गाउदै नाच्दै मनाईने गरेको स्थानियले वताएकाछन् । पापानी नाच नाच्दा सवै जना एकापसमा गोलो घेरा भएर खुट्टा तीन कदम अगाडी र तीन कदम पछाडी सारेर नाच्ने गरिएको अग्रजहरुको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।