गुणस्तरहीन तोरी तेल उत्पादन गर्ने कैलाश उद्योगमा सिल

काठमाडौं । अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ ।

उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको सहयोगमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट खटिएको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको हो । रौतहटका अशोक यादवद्वारा विगत करिब चार वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा रहेको ४२७ कार्टुन प्याकिङ तेल, बाहिर पार्किङमा रहेको पेट्रोलियम ट्याङ्कर तथा अन्य प्याकिङ गर्न बाँकी रहेको सयौँ लिटर तेल बरामद भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले जानकारी दिनुभयो ।

त्रिदेव ब्राण्ड नाम उल्लेख गरी गुणस्तहीन मिसावटयुक्त तोरी तेल उत्पादन गर्ने कैलाश तेल मिलको चितवन र नवलपरासीमा अत्यधिक बिक्रीवितरण गर्ने बजार क्षेत्र रहेको त्यहाँ कार्यरत मजदूरले बताएका छन् । उत्पादनको नाममा उद्योगले प्याकिङ मात्र गरेको र मिलले अन्य मिलको तुलनामा सस्तो मूल्यमा तेल बिक्री गर्दै उपभोक्तालाई ठग्दै आएको पाइएको बताइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि उक्त ब्राण्डको ७०० कार्टुन तेल नष्ट गरेको थियो । त्यहीँबाट उद्योग खोज्ने क्रममा सो उद्योग अमलेखगञ्जमा फेला परेको खनालले बताउनुभयो । मिलद्वारा उत्पादित तेलको छिटो परीक्षण गरी कारवाही गरिने उहाँले बताउनुभयो । उक्त टोलीले बाराको सिमरा स्वीट्स हाउसमा पनि अनुगमन गरी अत्यधिक रङ प्रयोग गरिएका खान अयोग्य रु १० हजार मूल्य बराबरको मिठाइ नष्ट गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।