जिल्ला नगरका अध्यक्षहरु सम्मानित
काठमाण्डौ, भक्तपुर उद्योग बाणिज्य संघले जिल्ला तथा नगरका उद्योग बाणिज्य संघका अध्यक्षहरुलाई हालै सम्मान गरेको छ ।

नेपाल उद्योग बाािणज्य संघको निर्वाचन तथा साधारण सभामा देशभरीबाट आएका उद्योग बाणिज्य संघका जिल्ला तथा नगर अध्यक्षहरुलाई भक्तपुर उद्योग बाणिज्य संघले सम्मान गरेको हो ।
भक्तपुर उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल,प्रदेश नम्वर १ बाट निर्वीरोध निर्वाचत केन्द्रिय सदस्य राजेन्द्र राउत लगायत उद्योग बाणिज्य संघका जिल्ला तथा नगर अध्यक्षहरु इटहरी भिम पौडेल,धनकुटा विजय सन्तोषी राई,इलाम इश्वर चिरपालु,उदयपुर पुष्कर खड्का, गैडाकोट नवलपुर अमृत भट्टचन,खोटाङ्ग उपन राई,भोजपुर धुव श्रेष्ठ,सिन्धुली अमरेश चन्द्र बैदार,कास्की दामु अधिकारी,झापा टिकाराज ढकाल,पाचथर दिपक नेपाल,ताप्लेजुग तारा घिमिरे लगायतका अध्यक्षहरुलाई सम्मान तथा अभिनन्दन गर्दै मायाको चिन प्रदान गर्नु भएको थियो ।
भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ र पूर्व अध्यक्ष कृष्णप्रसाद अवालले सम्मानीत हुनेहरुलाई भात गाउले टोली,खादा तथा टिका लगाई दिई भक्तपुरको पहिचान सहितका कलात्मक सम्झनाकोचिनो समेत प्रदान गरी सम्मानीत गर्नु भएको थियो ।


