फरक क्षमता भएका ६ जना सम्मानित
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

गाउँपालिकाले २९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवशको अबसरमा आफ्ना पालिकाका प्रत्येक वडाबाट १ जनालाई सम्मान गरेको हो ।
गाउँपालिकाले बिहिबार एक सम्मान कार्यक्रमको आयोजना गरेर एक उद्यागी,दुई बिद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
सम्मानित तथा पुरस्कृत हुनेहरुमा वडा नं.१ र ५ का बिद्याथीहरु रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २,३ र ६ का कृषक भद्रबहादुर बाजिम्पाक(मगर),लक्ष्मीदेवी लिम्बू र सिरबहादुर काप्mले, वडा नं.४ का ब्यबसायी झप्टबहादुर लिम्बू रहनुभएको छ ।
अपांग समन्वय समिति छथर जोरपाटी गाउँपालिकाका संयोजक तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।
सम्मानित ६ जनालाई कार्यक्रमका अध्यक्ष श्रेष्ठ र पालिकाका अध्यक्ष लिम्बूले नगद,प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी लिम्बूले अपांङ्गता रोकताम र अपांग पुनःस्थापना सम्बिन्धि गाउँपालिकाले गरेको कामको बिषयमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा समुदायमा आधारित पुनःस्थापना कार्यक्रमका सहजकर्ता प्रदिप ओझाले अपांङ्गताका बिषयमा चर्चा तथा लागु हुन लागेको अपाङ्गता पुुनःस्थापना कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा अपांग कल्याण संघ छथर जोरपाटीका तुलबहादुर भट्टराई,अपांग समन्वय समिति सदस्य बेगबहादुर सिंजाली(मगर),गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत तुलराज थापा मगर लगाएतको उपस्थिति रहेको गाउँपालिकाका कर्मचारी रविन्द्र रणपहेलीले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रोफाईलमा ३२१ अपांगता भएपनि चालु आव.मा ४४ जना ‘क’ वर्ग,८४ जना ‘ख’,२० जना ‘ग’ र ३ जना ‘ग’ वर्गका अपांग गरी जम्मा १५१ जना अपांगता भएका ब्यक्तिहरु दर्ता रहेको पालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।


