फरक क्षमता भएका व्यक्तिहरुलाई फाईवरको सिरक वितरण
धनकुटा खबर । २९ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसर पारी धनकुटा नगरपालिकाको १ वडा कार्यलयले हिलेका फरक क्षमता भएका (अपांगता) व्यक्तिहरुलाई फाईवरको सिरक वितरण गरेको छ ।
वडाध्यक्ष निरेन तामाङको अध्यक्षतमा सञ्चालित एक कार्यक्रमको वीच १ नं वडाका पूर्ण र आंशिक गरि जम्मा ४० जना फरक क्षमताका व्यक्तिलाई सिरक वितरण गरिएको हो । आपांगता शिर्षक मै विनियोजित १ लाख वजेट मार्फत फाईवरको सिरक खरिद गरि उनिहरुलाई जाडोका लागि १-१ थान प्रदान गरिएको वडाध्यक्ष तामाङले वताउनुभयो ।
सिरक प्राप्त गर्नेहरुमा एनिका तामाङ, खरिमाया लिम्वु,गंगादेवी रुचाल,पुष्पालाल तामाङ,भुपलाल तामाङ,मनमाया तामाङ,युवराज वुढाथोकी रविन तामाङ लगायत रहेको सामाजिक परिचालक मिलन खड्काले जानकारी दिनुभयो । कार्यक्रममा लालचन्द्र तामाङ,वडा सचिव सुजता तामाङ लगायतको उपस्थिती थियो ।


