अर्थमन्त्रालयको फेरि निर्देशन– तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू

काठमाडौँ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीको भुक्तानी तीन दिनभित्र दिन निर्देशन दिएको हो । मन्त्रालयले बीमा समितिलाई पत्र लेख्दै बीमा दाबी भुक्तानी गरेको विवरण दैनिकरूपमा जानकारी गराउन पनि निर्देशन दिएको छ ।

भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देश गरेको छ । मन्त्रालयले कोरोना बीमाको हालसम्मको दाबी सङ्ख्या, कागजात पूरा भएका दाबी सङ्ख्या, भेरीफिकेशनका लागि स्वास्थ सेवा विभागमा पठाएको सङ्ख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण र दाबी भुक्तानीको विवरण तथा सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण नियमित सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

दाबी भुक्तानीमा देखिएका समस्या, भुक्तानी गर्न बाँकी विवरण र समस्या समाधानका लागि बीमा समितिबाट भइरहेको प्रयासका बारेमा पनि जानकारी गराउन भनिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले जानकारी दिए । कोरोना बीमा दाबी भुक्तानीलाई सरल बनाउन मन्त्रालयलबाट सहजीकरणका लागि गर्नुपर्ने पहलकाबारेमा पनि जानकारी गराउन समितिलाई आग्रह गरिएको छ ।

यसअघि सात दिनभित्र सबै दाबी भुक्तानीको कार्य सम्पन्न गर्न निर्देशन दिएको भए पनि हालसम्म न्यून सङ्ख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा यस मन्त्रालयमा प्राप्त नभएको एवं बीमा समितिको हटलाइन फोन सेवा सञ्चालन भएको नपाइएको तथा अन्य निर्णयसमेत प्रभावकारी ढङ्गमा कार्यान्वयन भएको नपाइएको गुनासो आएपछि मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।