पाख्रीबास नगरपालिकाले वडा सदस्य तथा नगरसभा सदस्य दर्जीको निधनमा शोक विदा दिने निर्णय किन ढिलो ?
धनकुटा ।धनकुटाको पाख्रीबास नगारपालिका वडा नम्बर ९ का दलित वडा सदस्य तथा नगरसभा सदस्य भिम कुमारी दर्जीको गत मंशिर १५ गते निधन भएको थियो तर आज आएर नगरपालिकाले ५ दिन पछि बल्ल शोक बिदा दिने निर्णय गरेको छ ।
यसबारे धनकुटा खबरले नपाका प्रमुख प्रशासकिय अधिकृत डिक बहादुर राई संग सम्पर्क गर्दा यस बारे सम्पूर्ण निर्णय निर्वाचित जनप्रत्निधिहरुले गर्ने भएको र अहिले नगर प्रमुख जिल्ला बाहिर रहनु भएको बताउनु भयो ।
म पनि जिल्ला बाहिर रहेको तर आफ्नै परिवारको सदस्यको यो निधनले हामी पनि शोक मै रहेको साथै उपप्रमुख देवकला पौडेल संगको सहकार्यमा पर्सि आइतबार बिदा दिने निर्णय गरिएको धनकुटा खबर संगको फोन सम्पर्कमा बताउनु भयो ।
नपा वडा ९ का वडा अध्यक्ष चन्द्र लाल घिसिंग र वडा सचिव भूमिराज ब्लोन तामॉंग संग फोन सम्पर्क गर्न खोज्दा दुबैको फोनमा सम्पर्क हुन सकेन ।


