सहिदभूमी गाउपालिकाको वडा नं १ लाई सूर्य वहादुर थापा प्रतिष्ठानद्वारा एम्बुलेन्स प्रदान

धनकुटा खबर । धनकुटाको अत्यन्तै दुर्गम तथा विकट सहिदभूमी गाउपालिकाको वडा नंं. १ लाई सूर्य वहादुर थापा प्रतिष्ठानले हालै एम्बुलेन्स प्रदान गरेको छ ।

भारत सरकारले सूर्य वहादुर थापा प्रतिष्ठानलाई उपलब्ध गराएको एम्बुलेन्स प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री सुनिल वहादुर थपाले धनकुटाको सहिदभूमी गाउपालिकाको वडा नं. १ लाई त्यस क्षेत्रको नागरिकहरुको सुविधाको लागी प्रदान गुर्न भएको हो ।

उक्त एम्बुलेन्सको चावी सो वडाका वडाध्यक्ष एवं नेपाली कांग्रेसका यूवा नेता अशोक राईलाई पूर्व मन्त्री सुनिल वहादुर थापाले प्रदान गर्नु भएको थियो ।

उक्त एम्बुलेन्स हस्तानतरण कार्यक्रममा संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठ,समाजिक व्यक्तित्व राजेन्द्र वहादुर प्रधान,नेपाली कांग्रेसका महासमिति सदस्य अजित नारायण सिंह थापा,जिल्ला सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,पूर्व सभापति हरी अधिकारी,लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रिय सदस्य तथा महाधिवेशन प्रतिनिधि उदय लिम्बु,सम्पर्क समितिका सभापति भिम वहादुर थापा,धनकुटा नगरपालिका वडा नं. ३ वडाध्यक्ष विकास घिमिरे,युवा समाजसेवी जयन्द्र प्रधान,गोपिलाल थापा,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्ग,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका देवी धमला,धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,सदस्य रिदम श्रेष्ठ,नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य ममता राई,धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुण कटुवाल लगायतको सहभागीता रहेको थियो ।

सोही समारोहमा सहित प्रकाश थापा स्मृती प्रष्ठिानलाई सूर्य वहादुर थापा प्रतिष्ठानले कम्प्यूटर प्रदान गरेको थियो । कार्यक्रमको संचालन सुर्य प्रतिष्ठानका मदन घिमिरेले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।