उद्यमशील सहकारीको आठौं वार्षिक साधारणसभा सम्पन्न, १ अर्बभन्दा बढी कुल कारोबार

धरान ।  धरान-१० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो अधिवेशन तथा आठाैँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शनिबार आयोजना भएको तेस्रो अधिवेशन तथा आठाैँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा.योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६/७७ मा खुद बचत १६ लाख ४७ हजार २ सय ७४ रूपैयाँ ६३ पैसा भएको जानकारी दिएका छन् । उनले आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा २ करोड २१ लाख २५ हजार रूपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको बताउँदै कुल निक्षेप १२ करोड ३५ लाख ३८ हजार ३ सय ८२ रूपैयाँ रहेको बताएका छन् । सहकारीले यस वर्ष २ करोड ५७ लाख ४९ हजार ५ सय ३८ रूपैयाँ ४८ पैसा कुल आम्दानी गरेकोमा कुल खर्च २ करोड ३९ लाख १९ हजार २ सय ३३ रूपैयाँ ३४ पैसा गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । सहकारीले आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ६ करोड ७ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ ४९ पैसा कुल कारोबार गरेको बताइएको छ । उनका अनुसार हाल सहकारीमा ८ जना नियमित कर्मचारी र ४७ जना दक्ष बजार प्रतिनिधिहरू गरी ५५ जना कर्मचारी कार्यरत छन् भने ५ सय १४ महिला र ४ सय ९० पुरुष गरी जम्मा १ हजार ४ जना शेयर सदस्यहरु रहेका छन् ।

साधारण सभामा सहकारीको उपलब्धीबारे जानकारी दिदै सहकारीका व्यावस्थापक जित बहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकममा ३७ प्रतिशत, ऋण लगानीमा ३३.२ प्रतिशत, ऋण असुलीमा ५६.१ प्रतिशत र बचतमा ३४.१ प्रतिशतले बृद्धि भएको बताएका छन् । साथमा उनले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न भएका मुख्य कार्यहरू, संस्थाको उपलब्धिहरूको बारेमा शेयर सदस्यहरूलाई जानकारी गराएका थिए । उक्त समयमा लेखा संयोजक आरती राईले संस्थाको लेखा प्रतिवेद प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लि. धरान शाखाका संयोजक तथा जिल्ला सहकारी संघ सुनसरीका वरीष्ठ उपाध्यक्ष एवम् धरान १५ नम्बर वडाका वडाअध्यक्ष नरेशकुमार इवारमले पानसमा द्विप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा बोल्दै उनले सर्वप्रथम कर्मचारी इमान्दार हुनाले संस्थाको उन्नति हुने बताएका थिए । उनले अबको समयमा बजार प्रतिनिधिहरू बजार प्रतिनिधि मात्र नभएर सहकारीको शेयर सदस्य हुनुपर्ने बताएका छन् । उनले भने“अब बजार प्रतिनिधि पनि शेयर सदस्य बन्नुपर्छ यसो भएमा आफु पनि सहकारीको मालिक हुने भएकोले अझ बडी जिम्मेवार बन्नेछन् । यसरी सबै आफ्नो कार्यमा जिम्मेवार भएमा संस्था उभो लाग्छ ।” उक्त समयमा उनले उद्यमशील सहकारीले समयलाई पक्रेर, आफ्नो धरातलमा उभिएर, ऐन कानुनमा रहेर काम गरीरहेकोमा बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए ।

उक्त समयमा बोल्दै कार्यक्रमकी विशेष अतिथि राष्ट्रिय सहकारी बैंक लि. धरान शाखाका शाखा प्रमुख सम्झना दाहालले सम्पुर्ण सहकारीमा आवद्ध रहेका सदस्यहरुलाई अरुबेला अन्य क्षेत्रबाट कारोबार गरीरहेको भए पनि अब भने सम्पुर्ण कारोबार सहकारीकै माध्यमबाट गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेकी छन् ।

सहकारिको तेस्रो अधिवेशनका निर्वाचन अधिकृत एवम् श्री ल्याबोरेटरी माविका प्रधानाध्यापक शंकर भण्डारी, सहकारीका उपाध्यक्ष भुपाल प्रसाद घिमिरे, सानिमा लाइफ इन्स्युरेन्स धरान शाखा प्रमुख महेन्द्र राई, पुनर्जीवन होमियोप्याथिक क्लिनिक प्रा.लि.का एक्युपञ्चरीष्ट/खाद्य प्राविधिक/जनस्वास्थ्यकर्मी भवानी भट्टराई, साकार मिडिया प्रा.लि.का सञ्चालक अनिता श्रेष्ठ लगायतको उपस्थि रहेको उक्त सभामा सहकारीका सञ्चालक समिति सदस्य बिकि श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।